मधेस प्रदेशका सांसद पुस १५ गते सपथ लिने

  जनधाराडेली
  ११ पौष २०७९

                            

 जनकपुरधाम । मधेस प्रदेशका नव निर्वाचित प्रदेशसभा सदस्यहरु पुस १५ गते पद तथा गोपनियताको सपथ लिने भएको छ ।

सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिनको २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले सपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सपथग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ । यस्तै, आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट