मधेश प्रदेशका सभामुखसँग कोशी प्रदेशका सभामुखसहितको टोली वीच भेटघाट

जनधाराडेली
३१ श्रावण २०८०
जनकपुरधाम, २८ बैशाख । मधेश प्रदेशका सभामुख र कोशी प्रदेशका सभामुखसहितको टोली वीच भेटघाट भएको छ ।बिहीबार कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख सृजना दनुवारले मधेश प्रदेश प्रदेशसभाको अध्ययन, अवलोकन तथा भ्रमण गर्ने क्रममा प्रदेशसभा संचालन एवं प्रगति सम्बन्धी व्यापक छलफल गरेका छन् ।छलफलको क्रममा द्वय सभामुखले प्रदेशसभालाई जनपक्षीय बनाउनका लागि सात वटै प्रदेशका सभामुखको भेलाबाट साझा अवधारणा आउन आवश्यक रहेको बताए । मधेश प्रदेशका सभामुख मण्डल र कोशी प्रदेशका सभामुख गौतम वीच भएको छलफलमा उनीहरुले सातवटै प्रदेशका सभामुखको बैठक गरेर प्रदेशसभा संचालनलाई थप प्रभावकारी बनाउनका लागि साझा अवधारणा ल्याई संघीयतालाई थप सबल आजको अपरिहार्यता रहेकोमा जोड दिए ।कुराकानीको क्रममा कोशी प्रदेशका सभामुख गौतमले कोशी प्रदेशको नामकरणको सवालमा असन्तुष्टी जनाएका छन् । उनले मधेश प्रदेशका सभामुख मण्डलसँगको भेटमा कुराकानी गर्दै कोशी प्रदेशको नामकरण हाउसबाटै बहुमतले पारित भएपनि यसको विरोध हुनु दुःखद रहेको बताए ।उनले नयाँ दलहरुले संघीयतालाई बेवास्ता गर्दै जथाभावी बोल्दै हिड्नु संघीयताका लागि खतराको संकेत रहेको बताए ।नयाँ पार्टीहरुको गतिविधी हेर्दा संघीयता बिरोधी रहेको बताए । त्यस्तै मधेश प्रदेशका सभामुख मण्डलले मधेश प्रदेशसभाबाट दर्जनौँ बिधेयकहरु पारित भएपनि ऐन कानूनहरु कार्यान्वयनमा चुनौतीपूर्ण अवस्था रहेको बताए ।उनले अहिलेसम्म पनि प्रदेशको कानूनहरु न्यायलय, बार एशोसिएसन, कानून व्यवसायी, कलेजलगायतका कार्यान्वन नहुनु दुःखद रहेको बताए । यस अवसरमा कोशी प्रदेशका सभामुख गौतमले मधेश प्रदेशका सभामुख मण्डललाई कोशी प्रदेशसभा भ्रमणका लागि निम्तो समेत दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !