नेहाका श्रीमान पंकज भन्छन् : म माथी लगाइएका सबै आरोप झुठा छन् बाध्य भएर अन्ततः सम्बन्ध विच्छेदको मनस्थितिमा पुगेको छु

  जनधाराडेली
  १३ मंसिर २०७९

                            

जनकपुरधाम, मंसिर १३ गते । ९ महिना अगाडी अगाडी महोत्तरी औरही वडा नम्बर १की नेहा चौधरीको विवाह रामगोपालपुर वडा नम्बर ५का पंकज चौधरीसंग भयो । नेहा र पंकजबिच प्रेम सम्बन्ध रहेकाले दूबैको परिवार बिच सहमति भएर विवाह भयो ।

काठमाडौं अध्ययनरत रहेकै बेला नेहा र पंकज प्रेममा परेका थिए । पंकज एमडी सकाएर विवाह गर्ने योजनामा रहेपनि नेहाकै दवाबमा एमडी नसकाउँदै विवाह गर्ने निर्णयमा पुगे । दूबैको विवाह २०७८ फागुन २५ गते विवाह भयो ।

तर विवाह भएको केही महिना नबित्द दूबै बिचको सम्बन्ध चिसिन थाल्यो । गत महिना मात्रै नेहाले श्रीमान आफूमाथी शारिरिक तथा यातना दिदै आएको आरोप लगाइन् । यसका साथै दाइजोका लागि पंकजले पटक पटक कुटेको नेहाको आरोप थियो ।

उनले आफू काठमाडौमा संगै बस्ने हठ गरेपछि आफूलाई निर्घात कुटपीट गरेपछि बाध्य भएर माइत आएको बताइन् । यता नेहाले लगाएको यो सब आरोप निराधार रहेको पंकजको दावी छ ।

नेहाले आरोप लगाएको एक महिनापछि संचारमाध्यममा आएर पंकजले नेहाले लगाएको सबै आरोप झुठो रहेको दावी गर्दै उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिदै आएको आरोप लगाए । पंकजका अनुसार बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो विषयमा पनि झगडिदै आएकी थिइन् । उनले भने ‘नेहा सानो सानो विषयमा पनि झगडा गर्थिन, म सम्बन्ध बचाउनकालागि पटक पटक मनाउने प्रयास गर्थे ।’

अगाडी भने ‘मैले नेहामाथी कहिल्यै हातपात गरेको छैन, बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु ।’ पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयास समेत गरेकी छिन् । बिहे पनि आफूसंग जोर जबरजस्तीमा गरिएको पंकजको दावी छ ।

आफू नेहासंग प्रेम सम्बन्धमा रहेपनि उसको यही सानोतिनो विषयमा झगडिने बानीका कारण विवाह गर्ने पक्षमा थिइन् तर उनकै दवाबका बिच विवाह गर्नु पर्यो । उनले भने ‘विवाहभन्दा पहिले मलाई जे डर थियो त्यही भयो, अब सम्बन्ध म बचाउन सक्दिन त्यसैले सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको छु ।’

पंकज काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिजिसियन हुन् । कात्तिक ४ गते नेहाले पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । त्यसपछि पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो । अहिले नेहाले पंकजबिरुद्ध अंशको मुद्दा समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट