मिसन ०८४ मा एमालेको संघदेखि प्रदेशसम्म सरकार रहने : पोखरेल

  जनधाराडेली
  ०२ असोज २०८०

                            

जनकपुर, 
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ठुला दुई देश बीचमा रहेको हाम्रो मुलुक नेपाललाई जोगाउनका लागि सचेत हुनुपर्ने बताएका छन् ।


मंगलबार जनकपुरधाममा संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा बोल्दै पुर्वमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलेले ठुला मुलुक दक्षिणमा भारत र पश्चिममा चीनबाट नेपाललाई सुरक्षित र सचेतढंगले राख्नका लागि राष्ट्रिय स्वाभिमान र राष्ट्रवादीहरुले राख्न सक्ने भएको बताएका हुन् ।
दुई ठुला मुलुकबाट आफ्नो मुलुक जोगाउन सकिएन भने आउने दिनमा ति देशहरुले नाम ठेगान नभएकाहरुको सन्तानलाई नेपालमा हुलकाहुल पठाएर मुलुकलाई कब्जामा लिनसक्नेदेखि आफ्नो सत्तास्वार्थ सिद्ध गर्न सक्ने हुनाले यसप्रति गम्भीर हुनुपर्ने उनको भनाई थियो ।


संविधान जारी गर्ने क्रममा राष्ट्रपति देखि प्रधानमन्त्रीलगायत केही राजनीतिक दलका शीर्षनेताहरु र पडोसी मुलुकका नेताहरुसमेत संविधान जारी नगर्न भन्दै उर्दी दिईरहँदापनि सुवास नेम्वाङले संविधान जारी गरेको बताउँदै उनले नेम्वाङ संविधानका पितासमेत हुन् भनेका छन् ।

उनले एमाले संविधान संशोधनको पक्षमा रहेको पनि स्पष्ट पारे ।
उनले एमालेले अबको ०८४ को मिसनबाट मुलुकको प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीसमेत बनाउने भएकालेले ५१ प्रतिशत भन्दा अत्याधिक मत ल्याउने दावी गरेका छन् । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको स्मरण गर्दै उनले नेम्वाङ वामपन्थी राजनीतिबाट प्रभावित बाल्यकालदेखि नै प्रभावित रहेको बताका छन् ।
त्यस्तै एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलका शीर्षनेताहरु नै सुनतस्करदेखि जग्गा भुमाफियाहरुसमेत रहेको पुष्टि भएको बताएका छन् ।

उनले सत्तारुढ दलका नेताहरु तस्कर र भुमाफिया फेलापरेपछि उनीहरु आफ्नो नेतालाई जोगाउनका लागि प्रहरी प्रशासनमा सरुवा बढुवाको अभियान चलाएर मुलुकलाई द्वन्द्वको भुमरीमा फसाउने खोजेको आरोप लगाए ।
उनले मुलुकमा केही अतिवादीहरु हिन्दु–मुस्लिमको नाममा दंगा भड्काउन खोजेको भन्दै यसबाट सचेत भई समाजमा अराजकता मचाउने र खलल पुर्याउने षडयन्त्रकारी विरुद्ध एकजुट हुनुपर्ने बताए ।
त्यस्तै एमालेकी पोलिटव्यूरो सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य जुली महतो महासेठले आदरणी सुवास नेम्वाङले सहमति र सहकार्यकै माध्यमबाट मुलुकको राजनीतिक डिस्कोर्ष फेर्नेदेखि आर्थिक समृद्धिको बाटो देखेको बताइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट