एमाले नेतृ जुलीकुमारी महतोलाई घरघरमा स्वागत

जनधाराडेली
०९ कार्तिक २०७९
जनकपुरधाम, कार्तिक ९ ।धनुषा ३बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन् ।
बुधबार एमाले नेतृ महतो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० र ११मा घरदैलो कार्यक्रम गरेकी छिन् ।
उनीसंगै धनुषा निर्वाचन क्षेत्र नम्बर ३(ख)मा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका दीपेन्द्र ठाकुर समेत संगै थिए । घरदैलोका लागि पुगेका उम्मेदवारद्वय महतो र ठाकुरलाई मतदाताहरुले माला लगाएर स्वागत समेत गरेका थिए ।
घरदैलोका लागि पुगेकी महतोले मतदाताहरुलाई केपी ओली नेतृत्वको सरकारको समयमा मधेसमा भएको विकास र आफू निर्वाचित भएपछि संसदमा पुगेर गर्ने कामहरुका साथै आफूले यस क्षेत्रको विकासका लागि आवाज उठाई रह्ने वचनवद्धता व्यक्त गरेकी थिइन् । त्यस्तै धनुषा ३(ख)का उम्मेदवार ठाकुरले मधेस सरकारको पछिल्लो कार्यकाल भ्रष्टाचारै भ्रष्टाचारले भरिएको भन्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !