जनताको हरेक सुखदुःखमा साथ दिन्छु : डा. प्रसन्न

जनधाराडेली
१० कार्तिक २०७९
जनकपुरधाम, कार्तिक १० । जनमत पार्टीबाट धनुषा ३(क)बाट प्रदेशसभामा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले बिहीबार पनि मतदाताहरुसंग मत माग्दै आशिर्वाद थापेका छन् ।
प्रदेशसभा सदस्यका उम्मेदवार डा. झा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४मा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेका छन् ।
मतदातासंग शुभकामना आदान प्रदानसंगै मतदाताहरुको आशिर्वाद समेत थापेका छन् । आफू निर्वाचित भए जनताको सुखदुखमा साथ दिने मतदातासंग प्रतिवद्धता समेत व्यक्त गरे । निर्वाचनमा पछिल्ला जनप्रतिनिधिहरुको कामको लेखाजोखा गरेर विचार गरी विवेक पुर्याएर मतदान गर्न आग्रह गरे ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यता प्रदेशसभाका उम्मेदवार डा. झाले धनौजी बजारमा विभिन्न पार्टी परित्याग गरेर आएका नेता कार्यकर्ताहरुलाई जनमत पार्टीमा प्रवेश गराएका छन् ।
उम्मेदवार झाले सो अवसरमा मधेसलाई अधिकार सम्पन्न बनाउनका लागि डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीको पक्षमा मतदान गर्नका लागि अपिल गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !