एमाले नेतृ जुली महतो निरन्तर घरदैलोमा

जनधाराडेली
११ कार्तिक २०७९
जनकपुरधाम, ११ कार्तिक । धनुषा ३बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन् ।बिहीबार एमाले नेतृ महतो धनौजी गाउँपलिका वडा न.५ बौहर्वामा घरदैलो कार्यक्रम गरेकी छिन् । उनीसंगै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा जसपा नेपाल बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता जितेन्द्र यादव समेत संगै थिए ।
घरदैलोका लागि पुगेका उम्मेदवारद्वय महतो र यादवलाई मतदाताहरुले माला लगाएर स्वागत समेत गरेका थिए । घरदैलोका लागि पुगेकी महतोले मतदाताहरुलाई केपी ओली नेतृत्वको सरकारको समयमा मधेसमा भएको विकास र आफू निर्वाचित भएपछि संसदमा पुगेर गर्ने कामहरुका साथै आफूले यस क्षेत्रको विकासका लागि आवाज उठाई रह्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !