स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह

  जनधाराडेली
  ०४ कार्तिक २०७९

                            

जनकपुरधाम,  प्रदेशको धनुषा ३(क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाले नगराइन नगरपालिकाको बहिरी, फूलगामा र नवटोलीमा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलोका लागि पुगेका उम्मेदवार झाले आफ्नो र जनमत पार्टीको पक्षमा मत मागेका थिए । यस अघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको जनताले बुझि सकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन उने आग्रह गरेका थिए ।

भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै उम्मेदवार झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरे । जनमत पार्टी निरन्तर भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेको उनले स्मरण गराए ।

यसका साथै आगामी दिनमा पनि भ्रष्टाचार बिरुद्ध आवाज उठाउने उनको भनाई थियो । मधेस प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था त जर्जर छ नै त्यसमाथी भौतिक संरचना निर्माणमै करोडौ खर्च गरिएपनि विकासको अनुभूति हुन नसकेकोमा दुःख व्यक्त गरे । विकासको नाममा करोडौँ खर्च हुन्छ तर काम कागजमै सीमित हुन्छ यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको मतदाता माझ डा. झाले बताए । यसका साथै आफू युवा रहेकाले म भित्र केही गर्ने ईच्छा र आँट छ, मलाई मत दिनुस केही गरेर देखाउँछु उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट