मधेसका मुख्यमन्त्री यादवले ३ जना बिना विभागिय मन्त्री सहित लिए शपथ

जनधाराडेली
२९ पौष २०७९
जनकपुरधाम, पुस २९ । मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।
नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।
उनले भोजपुरी भाषामा शपथ लिएका हुन । मुख्यमन्त्री यादव संगै तीन जना मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका हुन ।
नेकपा एमालेबाट एमालेका संसदिय दलको नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) बाट संजय यादव र जनमत पार्टीबाट वसन्त कुश्वाहाले मन्त्री पदको शपथ लिएका छन ।
तिनै जना मन्त्रीहरुले विना बिभागिय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छ्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !