उत्कृष्ट करदातालाई सम्मान

जनधाराडेली
०८ मंसिर २०७९
जनकपुरधाम । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको छ ।
कर कार्यालय जनकपुरधामले आयोजना गरेको एक कार्यक्रमका बिच उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा पशुपति प्लायबोर्ड उद्योग प्रा.लि. धनुषा, नाथ इम्पेक्स प्रा.लिं धनुषा, राय माता सप्लायर्स धनुषा, न्यु डोकानिया ब्रदर्श महोत्तरी, लव मेडिकल कल महोत्तरी, रोयल ईट्टा उद्योग महोत्तरी, जय माँ दुर्गा आलु प्याज भण्डार सर्लाही, सीता ब्रदर्श ग्रुप प्रा.लि. र जय माँ चण्डेश्वरी हार्डवेयर सिन्धुलीलाई सम्मान गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !