शिक्षाको नाममा राजनीति नगर्न सांसद जुली महतोको आग्रह

  जनधाराडेली
  १९ मंसिर २०७९

                            

जनकपुरधाम, १९ मंसिर ।  

रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनललाई आवश्यक योजना बनाएर ल्याउन नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् ।

नेकपा एमालेकी नव निर्वाचित प्रतिनिधिसभा सदस्य महताले सोमबार राराब क्याम्पसमा पुगेर यो राष्ट्रकै धरोहरको रुपमा रहेकाले यसको विकासका लागि कोही पछाडि नपर्ने बताइन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित  महतोले शिक्षाको नाममा राजनीति नगर्न आग्रह गरेकी छन् ।

उनले राराब क्याम्पसको विकासका लागि आवश्यक योजना बनाएर ल्याउन क्याम्पस प्रशासनलाई आग्रहसमेत गरिन् । महतोले राराब क्याम्पस राष्ट्रको धरोहरको रुपमा रहेकाले यसको विकासका लागि आफू पछाडि नपर्ने बताइन् । जुलीले यस क्याम्पसको विकासका लागि चाहिने आवश्यक सम्पूर्ण पक्षको बारेमा सम्बन्धीत निकायसम्म कुरा नै नपुगेकोले पछाडि परेको जिकिरसमेत गरिन् ।

जुलीले यसअघि आफू समानुपातिक सांसद रहेको बेलामा पनि कसैले राराबका लागि कुनै योजना लिएर आफूसमक्ष नआएको गुनासो गरिन् ।

उनले यस क्याम्पसको जिम्मेवारी अब आफूमाथि पर्न गएकोले क्याम्पसको चौतर्फि विकासका लागि आवश्यक रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन क्याम्पस प्रशासनसँग आग्रह गरेकी छन् ।

सात दशक पुरानो यो क्याम्पस विस्तारै विस्तारै धारासायी हुने अवस्थामा पुगेको छ । कुनै समयमा १० हजारभन्दा बढी विद्यार्थीले भरिभराउ रहने राराब क्याम्पस अब भने विद्यार्थी अभावमा सुनसान देखिन थालेको छ ।

कुनैसमयमा “क” वर्गमा रहेका यो क्याम्पस अहिले “ग” वर्गमा झरेको छ । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु देशको उच्च ओहोदासम्म पुगिसकेका छन । देशका चर्चित डाक्टर, इन्जिनियर, मन्त्री, सांसद सहितका राजनीतिज्ञ समेत यस क्याम्पसबाट उत्पादन भएका छन् । तर, सरकारी नितीका कारण आज यो क्याम्पस सबैका लागि बिरान बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट