मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्रि बर्खास्त

  जनधाराडेली
  २८ असोज २०७९

                            
 
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्रि बनेका तीनजनालाई पदमुक्त गरेका छन् ।
 
संघ सरकारमा जनता समाजवादी पार्टीका चार मन्त्रिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गरेपछि त्यसलाई काउन्टर दिँदै मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्रिलाई पदमुक्त गरिएको छ ।
मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रि विरेन्द्र प्रसाद सिंहलाई पदमुक्त गरेका हुन् ।
 
मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा १६९ उपधारा २ को खण्ड ख बमोजिम कांग्रेसका तीन मन्त्रिलाई पदमुक्त गर्न प्रदेश प्रमुख हरिशंक मिश्रलाई सिफारिस गरेका थिए । खाली भएका तीनै मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई दिइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट