महोत्तरीमा सत्ता गठबन्धनकै उम्मेदवार बिच आधिकारिताको लडाई

  जनधाराडेली
  २७ असोज २०७९

                            

जनकपुरधाम, असोज २७ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा सत्ता गठबन्धनबाटै दुुई उम्मेदवारको उम्मेदवारी पछि आधिकारिताको लडाई शुरु भएको छ ।

सत्ता गठबन्धनबाटै सो क्षेत्रमा नेकपा (एकिकृत समाजवादी) की मञ्जु कुमारी यादव र लोसपाका जयनुल राइनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराई सकेका छन् । दूबै उम्मेदवार औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेका छन् । तर सत्ता गठबन्धनबाटै महोत्तरी २को ‘क’मा उम्मेदवारी परेपछि दुई मध्ये एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्ने थियो । यद्यपि दूबै मध्ये कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएप्छि गठबन्धनको आधिकारितक उम्मेदवारको विषयमा विवाद देखिएको हो ।

राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको हो । पाँच दलिय गठबन्धनबाट जसपा बाहरिएपछि नेपाली काँग्रेसले आफ्नो भाग दिएर लोसपालाई भित्रयाउने गठबन्धनभित्र सहमती भएको थियो ।

कांग्रेसले आफ्नो भागको सीट दिएर लोसपालाई गठबन्धनमा ल्यायो पनि । लोसपाका राइनले उम्मेदवारी दिएको क्षेत्र महोत्तरीको २ ‘क’ पहिले नै नेकपा (एस)को भागमा परि सकेकाले आफू गठबन्धनको अधिकारीक उम्मेदवार रहेको यादवले दावी गरिन् । यादवले भनिन् ‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ तर लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ ।’

लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ, यादवले भनिन ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दूबै दललाई पालन गर्न आग्रह गर्न चाहन्छु ।’ कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनु पूर्व नै आफूलाई टिकट दिइएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई थियो । यता अर्का उम्मेदवार राइनले पार्टी नेतृत्वले आफूलाई उम्मेदवारी दर्ता गराउन भनेकैले आफूले उम्मेदवारी दिएको स्पष्ट गरे ।

उनले यो गठबन्धनको विषयमा गठबन्धनमा शामिल दलका शिर्ष नेतृत्वले सहमति गरेकाले शिर्ष नेतृत्वबाटै यस विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २मा पाच दलिय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभाको लागि ‘क’ मा नेकपा एकिकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र ‘ख’मा काँग्रेसका नागेश्वर राय उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट