बाढी पीडित बोकेको बसमा आगलागी, बालबालिकासहित १८ जनाको मृत्यु

  जनधाराडेली
  २७ असोज २०७९

                            

कराँची, २७ असोज । मनसुनको विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको मृत्यु भएको अधिकारी र उद्धारकर्मीले बताएका छन् । पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ ।

वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले २८ अर्ब डलर बराबरको क्षति भएको थियो । पानी बिस्तारै घट्दै जाँदा हजारौं विस्थापितहरू पुन घर फर्किन थालेका छन् । कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट