मधेस प्रदेश ः जसपा बाहेकका मन्त्री हटाउने तयारी

  जनधाराडेली
  २७ असोज २०७९

                            

जनकपुरधाम, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघिय सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाएपछि मधेस प्रदेश सरकारबाट जसपा बाहेकका मन्त्रीहरुलाई हटाउने तयारी गरिएपछि जसपा बाहेकका मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउने तयारी गरेका छन् ।

जसपाले चुनावी तालमेलका लागि एमालेसंग गठबन्धन गरेपछि बिहिबार नै प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

संघ सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाइएपछि मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी चलिरहेको मधेस सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

यता नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका मन्त्रीहरु शुक्रबार बिहान सामुहिक राजिनामा बुझाउने तयारी गरेको उद्योग पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट