धार्मिक पर्यटकीय धनुषाधामलाई रोजगारमुखी बनाउनमा सभामुख मण्डलको जोड

  जनधाराडेली
  १० माघ २०७९

                            
 जनकपुर, माघ १०। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा परिचित धनुषाधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार धनुषाधाममा बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले रामले सितासँग विवाह गर्न अघि तोडेको धनुषको एक अंश धनुषाधाममा पनि फेला परेकालाई यस क्षेत्रलाई धार्मिक पर्यटनीय नगरीको रुपमा व्यवस्थित र विकासित गर्न तर्फ आफुले पहलकदमी लिने आश्वासन समेत दिए ।
 
धनुषाधाममा प्रत्येक वर्षमा लाग्ने मकर मेला लाग्ने गरेपनि यसको प्रचारप्रसार मार्फत धार्मिक तथा पर्यटकहरुको आकर्षण समेत तान्नका लागि सबैले आ–आफ्नो स्तरबाट लाग्नुपर्ने उनले बताए ।
धनुषाधाम चुरे क्षेत्रसंग समेत रहेकाले मनोरम ऐतिहासिक धार्मिक भुमिलाई रोजगारको मुल क्षेत्रको रहेको उनले भने ।
 
धनुषाधाम नगरपालिकामा स्थानीयवासी, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेताले नवनिर्वाचित सभामुख मण्डललाई बधाई तथा शुभकामना दिएका थिए ।
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट