कृषि सामाग्री संस्था लि. मा नवनिर्वाचित सांसद महतोले गरिन अनुगमन

  जनधाराडेली
  २६ मंसिर २०७९

                            
 जनकपुरधाम । गहुँबालीको चटारो रहेको समयमा किसानहरुले मल पाउन नसकिरहेको गुनासो बढ्दै जान थालेपछि नवनिर्वाचित सांसद जुलीकुमारी महतोले कृषि सामाग्री कम्पनी लिमिटेड जनकपुर शाखाको अनुगमन गरेकी छिन् ।
 
सोमबार कम्पनीको जनकपुर शाखा पुगेर धनुषा ३को नवनिर्वाचित सांसद महतोले अनुगमन गरेकी हुन् ।
 
उनले कार्यालय प्रमुख केसरीसंग मलको समस्या र सोको समाधानको विषयमा समेत छलफल गरेकी थिइन् ।
 
महतोले कार्यालय उपलब्ध मल र धनुषा जिल्लाका लागि कति मल आवश्यक रहेको विषयमा जानकारी लिएकी थिइन् ।
 
अनुगमनको क्रममा सांसद महतोले मलको समस्या समाधानका लागि आफूले छिट्टै पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
 
 
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट