जलवायु परिवर्तनका कारण मानवीय संकटको समस्या समाधानका उपायको विषयमा दुई दिवसीय तालिम

  जनधाराडेली
  ०२ पौष २०७९

                            

जनकपुरधाम, मंसिर २८ । जलवायु परिवर्तनका कारण मानवीय संकट बढिरहेको समयमा ग्लोबल ग्रोथ ग्रिन इन्स्टिच्युट (जिजिजिआई)ले मधेश प्रदेशको दुई जिल्लाका पालिकाहरुलाई सो को तथ्यांक संकलन र समस्या समाधानका उपायको विषयमा दुई दिवसीय तालिम दिएको छ ।

जिजिजिआई र कोइकाले मिलेर मधेश प्रदेशको धनुषा र महोत्तरीको ५÷५ पालिकाका जनप्रतिनिधिहरुलाई तालिम दिएको हो ।

जलवायु परिवर्तन र कोरोना संक्रमणका कारण आर्थिक तथा मानवीय संकटमा परेका किसान, आप्रवासी कामदारहरुको उत्थान कसरी गर्ने विषयमा ती पालिकाका जनप्रतिनिहिरुलाई जानकारी गराइएको जिजिआईका बरिष्ठ कृषि तथा डीआरआर विज्ञ राकेश साहले जानकारी दिए ।

जलवायु मैत्रि कृषि कार्यक्रम मार्फत बाढि ग्रस्त क्षेत्रका किसानहरुको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुनः एकिकरणमा जिजिजिआईको जलवायु मैत्री कृषि परियोजना केन्द्रित रहेको साहले बताए ।

यसका लागि परियोजनाले जलवायु मैत्रि कृषि अभ्यासको पहिचान, प्रदर्शनी, विकास तथा लगानी मार्फत किसान एवं आप्रवासी कामदारको उत्थान गर्नु नै मुख्य लक्ष्य रहेको उनको भनाई थियो । यो परियोजना मार्फत ५ हजार ३ सय किसान एवं आप्रवासी कामदारको जोखिम÷सङ्कटासन्नता कम गर्नु नै हाम्रो लक्ष्य रहेको छ ।

यसका साथै महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुका लागि १ हजार १ सय सार्वजानिक रोजगार र १ हजार ३ सय ४० नयाँ रोजगारका अवसरहरू श्रृजना गरिनेछ ।

यो परियोजना धनुषाको सबैला न.पा, कमला न.पा., मिथिला विहारी न.पा., जनकनन्दिनी गाँ.पा र मुखियापट्टी गाँ.पा त्यस्तै महोत्तरीको बलवा न.पा, भँगहा न.पा., मटिहानी न.पा., महोत्तरी गाँ.पा र सोनमा गाँ.पा संग समझौता गरेर संचालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट