एमालेकी जुली महतो निर्वाचित

  जनधाराडेली
  ०९ मंसिर २०७९

                            
 
जनकपुरधाम, मंसिर ९ गते । धनुषा क्षेत्र नं. २ नेपाली कांग्रेसका रामकृष्ण यादव र क्षेत्र नं. ३ मा एमालेकी जुली महतो निर्वाचित भएकी छिन ।
 
पछिल्लो मतगणना अनुसार रामकृष्ण एमालेका उमाशंकर अरगरियालाई १ सय ५७ मतले पराजित गर्दै विजयी भएका हुन ।
 
रामकृष्णले २० हजार ११२ मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्वन्दी उमाशंकरले १९ हजार ९५५ मत ल्याएका छन ।
 
यस्तै जुलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई ९ हजार ७०२ मतले पराजित गर्दै निर्वाचित भएका हुन ।
 
जुलीले ३३ हजार ३८८ मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्वन्दी अनिलले २३ हजार ६८६ मत ल्याएका छन ।
धनुषा क्षेत्र नं. १ र ४ मा मतगणना जारी रहेको छ ।
 
 
क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) का १२ हजार १२२ मत ल्याई अग्रता कायम राखेका छन भने माओवादी केन्द्रका मातृका यादव ८ हजार ५०८ ल्याई दोश्रो र जनमत पार्टी ५ हजार ७१३ मत ल्याई तेश्रो स्थानमा छ ।
 
धनुषा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव १३ हजार ५५८ मत ल्याई अग्रस्थानमा छन भने एमालेका रघुवीर महासेठ ११ हजार ६८९ मत ल्याएर दोश्रो र जसपाका महाजन यादव ३ हजार ८७० मत ल्याएर तेश्रो स्थानमा छ ।
 
प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र ३ (१) मा कांग्रेसका रामसरोज यादव र ३ (२) मा एमालेका दिपेन्द्र ठाकुर विजयी भएका छन । क्षेत्र नं. २ (१) एमालेका लखनदास तत्मा र २ (२) मा जसपाका रामआशिष यादव विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट