धनुषा–३ मा जुलीको अग्रता

  जनधाराडेली
  ०५ मंसिर २०७९

                            

जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

२ हजार ७७ मतगणना सम्पन्न हुँदासम्म नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले अहिलेसम्म ८६६ मत ल्याएकी छन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ५१८ मत ल्याएर दोस्रो स्थानमा पुगेका छन् । उनी यसअघि तेस्रो स्थानमा थिए ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले ३९६ मत प्राप्त गरेका छन् ।

अहिले जनकपुरधाम उपमहानगरपालिका–२० को मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट