आफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ः डा. प्रसन्न

जनधाराडेली
२३ कार्तिक २०७९
जनकपुरधाम, कार्तिक २३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को प्रदेशसभाका उम्मेदवार डा. प्रसन्नकुमार झाले आफ्नो मात्र नभइ आफना सन्तती र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।
धनौजी गाउँपालिकाको कटैया र तरहीमा घरदैलोका लागि पुगेका डा. झाले, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाइका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।
उनी भन्छन्, ‘मेरो जित मेरो वा जनमतको जीत मात्रै होइन यस क्षेत्रको सम्पूर्ण जनताको जीत हुनेछ ।’ यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै झाले भनेआफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ।
यो क्षेत्र र यस क्षेत्रका जनताको विकास नै मेरो एक मात्र लक्ष्य रह्ने उनको भनाई थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !