जनकपुरधाममा मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता शुरु उदघाटन खेलमा जनकपुर टिम विजयी

  जनधाराडेली
  २३ चैत्र २०७९

                            
 
जनकपुरधाम, चैत २३ गते । जनकपुरधाममा मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिता बिहिबार देखि शुरु भएको छ ।
 
जनकपुरधाम १४स्थित निर्माणाधिन श्रीराम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा शुरु भएको जनकपुरधाम मेयर कपको उदघाटन खेलमा जनकपुर टिम विजयी भएको छ ।
उदघाटन खेलमा महोत्तरीलाई ३२ रनले पराजित गर्दै जनकपुरले विजयी शुरुवात गरेको हो ।
 
निर्धारित २० ओभरको खेलमा जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको महोत्तरी ७ विकेटको क्षतिमा १ सय १५ रनमै सीमित भएको थियो ।
महोत्तरीका लागि सर्फराज अन्सारी २०, अभिषेक तिवारी १९ र विनोद सहनीले १४ रनको योगदान गरे ।
 
अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेन्न् । महोत्तरीलाई सस्तैमा समेट्नका लागि जनकपुर टिमका कृष्णा कार्कीले घातक बलिंग गर्दै सर्वाधिक ३ विकेट लिन सफल भए । त्यस्तै आकाश राय, हरिशंकर साह र बिक्रम यादवले १/१ विकेट लिएका थिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनको स्कोर खडा गरेको थियो । जनकपुरका लागि हिमांशु दत्त र पर्शुराम यादवले २८÷२८, शरद भेषवाकरले १७ रनको योगदान गरे । महोत्तरीका लागि विनोद सहनीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै नितेस यादव, अभिषेक तिवारी, रमेश सहनी र नविन यादवले १÷१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट