प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना फरार

जनधाराडेली
१६ माघ २०७९
जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपितहरु फरार भएका छन् ।आइतबार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।ईलाका प्रहरी कार्यालयको हिरसातमा रहेका आरोपितहरु मध्ये २ जनाजनामाथि हातहतियार मुद्दा, २ जना जना लागुऔषध मुद्दा र २ जना राष्ट्रसेवक बाधा मुद्दाका रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।फरार हुनेहरुमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्दा, विनोदकुमार शर्मा र अमित मण्डल लागु औषध मुद्दा र रोशन यादव र हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका आरोपीहरु रहेका छन् ।हिरासत कक्ष तर्फको भित्ता निकै कमजोर भएकाले सो भित्ता फोडेर अभियूक्तहरु भाग्न सफल भएको धनुषा प्रहरीको भनाइ छ ।फरार आरोपीहरुको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !