अपहरणमा संलग्न भारतीय नागरिक पक्राउ, सिद्धकीको उद्धार गर्न प्रहरी सफल

  जनधाराडेली
  १३ पौष २०७९

                            

 जनकपुरधाम, पुस १३ । महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरणमा परेका एक व्यक्तिलाई मधेश प्रदेश प्रहरीले उद्धार गरेको छ ।

काठमाडौँमा मैन पावर चलाउँदै आएको सिरहाको लहानका ईसर सिद्दकीलाई मधेश प्रदेश प्रहरीको प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वको टोलीले उद्धार गरेको हो ।

काठमाडौँमा मैनपावर चलाउँदै आएका सिद्धकी जनकपुरधाम आउँदा पुस ९ गते अपहरणमा परेका थिए ।

उनको अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिद्धकीलाई विदेश पठाई दिनका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वामा बोलाएर शेषले अपहरण गरेका थिए ।

सिद्धकीको ससुराली समेत रहेको बेतहा पर्साका शेषसंग पुरानो लेनदेन विवाद रहेको थियो ।

सिद्धकीले शेषसंग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए ।

अपहरणमा परे लगत्तै प्रहरी निरिक्षक साहको कमाण्डमा खटेको टोलीले फिरौतीको रकम ९ लाख सहित सिद्धकीलाई उद्धार गर्न सफल भएको थियो ।

पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट