धनुषाको नयाँ एसपीमा विश्वराज खड्का आउँदै

जनधाराडेली
०४ पौष २०७९
जनकपुरधाम, ४ पुस । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षकको रुपमा विश्वराज खड्का आउन लागेका छन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँमा रहेका खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा गरिएको हो ।
त्यस्तै, हाल धनुषामा रहेका प्रहरी उपरीक्षक बसन्त रजौरेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौँमा काज सरुवा गरिएको छ ।
उता, जिल्ला प्रहरी कार्यालय पर्सामा कोमल शाह र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नरेश राज सुवेदी काज सरुवामा आउने भएका छन् ।
त्यस्तै, राजकुमार सिलवाल सिन्धुली, संतोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देवेन्द्र बहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !