सिकागो पिज्जाको रेस्टुरेन्ट सञ्चालनमा

  जनधाराडेली
  २४ मंसिर २०७९

                            

 जनकपुरधाम । जनकपुरधाममा करिब ८० लाखको लगानीमा सिकागो पिज्जाको शुभारम्भ भएको छ ।\

जनकपुरधामको मुजेलीयामा संजय कुमार रायले पहिलो पटक जनकपुरधाममा सिकागो पिज्जाको रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

सिकागो पिज्जाको उद्घाटन गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा नयाँ प्रकारको व्यवसाय रहेकाले यसको सम्बर्धन प्रबद्र्धन गर्नुपर्ने यस प्रकारको व्यवसायले यहाँ ठाउँ पाउनु सुखद रहेको बताए ।

सिकागो पिज्जाका सञ्चालक रायले आफुहरु अनलाइन सेवा प्रवाह गरेर व्यवसायको प्रबद्धर्न गर्ने बताए ।

उनले जनकपुरधाम क्षेत्रमा ५ किलोमिटर भित्रर होम डेलिभरीको सुविधा दिने र ४५ मिनेट भित्र पुर्याउन नसके निःशुल्क दिने बताए ।

रायले यस प्रकारको सोँच जनपकपुरधाममा पहिलो पटक ल्याइएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट