महासेठको जीत

  जनधाराडेली
  १३ मंसिर २०७९

                            

जनकपुरधाम।नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याउन सके ।

मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।

महासेठ २०७४को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए । यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट