गुल्मी–२ मा एमालेका गोकर्ण विष्टको ‘ह्याट्रिक’

  जनधाराडेली
  ०७ मंसिर २०७९

                            

जनकपुरधाम,७ मंसिर । गुल्मीको क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्णराज विष्ट निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजार ४४ मतले पछि पार्दै विष्ट निर्वाचित भएका हुन् ।

यो जितसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् । यस क्षेत्रमा कूल ५८ हजार ७५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार ४८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

उनकी प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनले २०७०, २०७४ र अहिले गरी लगातार तीनपटक चुनाव जितेका छन् ।

विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट नेकपा माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट