मधेश प्रदेशमा जनमतको खाता खुल्यो

  जनधाराडेली
  ०६ मंसिर २०७९

                            
जनकपुरधाम, मंसिर ६ गते । मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी २(ख)मा प्रदेशसभामा जनमत पार्टीबाट उम्मेदवारी दिएका महेश यादव विजयी भएका हुन् ।
 
जनमता उम्मेदवार यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ७ हजार २३ मत मात्रै ल्याउन सकेका छन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
सप्तरी २को (क)मा समेत जनमत पार्टीका सतिश सिंह लगभग जित नजिक छन् । सिंहले ताजा मतपरिणाम अनुसार १४ हजार ३ सय २२ मत ल्याउँदा जसपाका शैलेन्द्र साहले ६ हजार ७ सय ४९ मत मात्रै ल्याउन सकेका छन् ।
 
यो प्रदेशसभा क्षेत्रमा गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतान्तर अधिक रहेकाले सिंह समेत यो प्रदेशसभा क्षेत्रमा जित निकालि सकेका छन् । यस्तै, सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए ।
हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन् । यता जनमत पार्टीका नेता कार्यकर्ताहरुले त्यहाँ विजय जुलुश निकाल्ने तयारी समेत गरि सकेका छन् ।
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट