धनुषा र सप्तरीको दुई वटा निर्वाचन क्षेत्रमा मतगाणनाा सुरु

  जनधाराडेली
  ०५ मंसिर २०७९

                            

जनकपुरधाम । मधेसको धनुषा र सप्तरीको दुई वटा निर्वाचन क्षेत्रमा मतगाणनाा सुरु भएको छ ।

धनुषाको क्षेत्र नम्बर ४मा सर्वदलिय बैठक सम्पन्न भएसंगै केही वेरमा मतगणनाको तयारी गरिएको छ ।

धनुषाको क्षेत्र नम्बर ४ मा सर्वदलिय बैठक सम्पन्न भएसंगै सुखवा महेन्द्र नगरको क्षीरेश्वर माध्यमिक विद्यालयमा मतगणनाको तयारी गरिएको छ।

यस क्षेत्रमा नेकपा एमालेका सचिव रघुविर महासेठ उम्मेदवार छन भने नेपाली काग्रेसबाट पार्टीका सहमहामन्त्री महेन्द्र यादव उम्मेदवार छन ।

जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको छ। त्यसैगरि सप्तरीको २मा समेत मतगणना सुरु भएको छ ।

यहा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन भने जनमत पार्टीका डा.सिके राउत उम्मेदवार छन । त्यसैगरि वाम लोकतान्त्रिक गठबन्धनबाट जय प्रकास ठाकुर उम्मेदवार छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट