माओवादी नेता आले गरे एमालेमा प्रवेश

  जनधाराडेली
  २५ कार्तिक २०७९

                            

जनकपुरधाम । माओवादीका प्रभावशली नेता धुर्ब कुमार आलेले नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावको केही दिन मात्रै बाँकी रहेको समयमा बटेश्वर गाउँपालिकाको माओवादी नेता धुर्ब कुमार आलेको अगुवाइमा सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।


उनलाई एमाले सचिव एवं तथा धनुषा निर्वाचन क्षेत्र न।४को प्रतिनिधिसभाका उम्मेदवार रघुविर महासेठले पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई अवीर, माला, गम्छा लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

सोही क्रममा एमाले सचिव महासेठले अब हुने निर्वाचनमा नेकपा एमाले एक्लै बहुमत ल्याएर देखाएर छोड्ने दावी गरे । यसका साथै अब एमालेको नेतृत्वमा सरकार बने मधेसको विकास द्रुतगतिमा अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट