जनताले परिवर्तन खोजेका छन् : डा. प्रसन्न

  जनधाराडेली
  २५ कार्तिक २०७९

                            

 जनकपुरधाम। निर्वाचनको मिति नजिकिदै जाँदा जनमत पार्टीबाट धनुषा ३(क)को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

घर घर पुगेर जनता माझ मत माग्न पुगि रहेकाले झाको लोकप्रियता समेत बढ्दै गईरहेको छ ।

चिकित्सकीय सेवामा रहेर काम गरि सकेका डा. झाको उम्मेदवारी सोही क्षेत्रमा सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनका उम्मेदवारका लागि चुनौती बनेका हुन् ।

धनौजीको विभिन्न गाउँमा बिहिबार घरदैलोका लागि पुगेका डा. प्रसन्नलाई मतदाताहरुले स्वागत समेत गरेका थिए ।

घरदैलोका क्रममा उनले आफुलाई मतदान गर्न आग्रह गरीरहेका छन् । भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिको विकल्पको रुपमा मलाई मतदान दिनुस भन्दै मतदाताहरुलाई फकाई रहेका छन् ।

जनताले परिवर्तन खोजको हुँदा आफुले नै परिवर्तन ल्याउने उनको भनाई छ । परिवर्तनका लागि सर्वप्रथम मत परिवर्तन गर्नुपर्ने हुँदा यसपाली आफुलाई मतदान गरेर जिताउन उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट