भ्रष्टाचारमुक्त बनाउनु मेरो प्रमुख एजेण्डा : डा. प्रसन्न

  जनधाराडेली
  २२ कार्तिक २०७९

                            

जनकपुरधाम, कातिक २२ । यही मंसीर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ को (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका युवा नेता डा. प्रसन्नकुमार झा घरदैलोमा मतदाताहरुको माया स्नेह पाई रहेका छन् ।

चिकित्सकीय पेशामा आवद्ध डा. झा समाज र प्रदेश सुधारका उद्देश्यले जनमत पार्टीबाट उम्मेदवारी दिएर मतदताहरुको घर घरमा पुगि रहेका छन् । सोही क्रममा मंगलबार घरदैलोका लागि गंगुली पुगेका उम्मेदवार झालाई मतदाताहरुले स्वागत गरेका थिए ।

अपराध र भ्रष्टाचार मूक्त समाज निर्माण गर्ने प्रमुख एजेण्डा बनाएर आफू चुनावी मैदानमा उत्रिएको बताउँदै सक्षम नेतृत्वका लागि मतदान गर्न आग्रह गरे । समाजमा व्याप्त समस्याहरुलाई नै देखेर सो को समाधानका लागि आफू राजनीतिमा लागेको बताउँदै झाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट