निमूखा जनता अहिले पनि सरकारी सुविधाबाट बञ्चित छन् : डा. प्रसन्न

जनधाराडेली
१९ कार्तिक २०७९
जनकपुरधाम। धनुषाको निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।जनमत पार्टीका उम्मेदवार डा. झाले घरदैलोकै क्रममा शुक्रबार नवटोली, विर्ता लगायतका गाउँमा मतदाताहरुसंग भेट गरेका छन् ।ग्रामीण क्षेत्रमा अहिले पनी कतिपय निमुखा जनता सरकारी सेवा सुबिधाबाट बञ्चित रहदै आएकोमा उनले मतदाताहसंगको कुराकानीमा चिन्ता व्यक्त गरे ।उनीहरुको पक्षमा अनवाज उठाउन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधारको विकास जस्ता कार्यमा सुधार गर्ने जस्ता एजेन्डाहरु आफ्नो रहेको झाले बताए । घरदैलो कार्यक्रममा जनमत पार्टीको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।यहाँका समस्याहरुलाई ध्यानमै राखेर आफूले उम्मेदवारी दिएको उनको भनाई थियो । यस अघिका जनप्रतिनिधि काम कम राजनीतिमा बढी केन्द्रित रहेको आरोप लगाउँदै उम्मेदवार झाले यस क्षेत्रको विकासको खाका बनाएर काम गर्ने आफूसंग योजना रहेको जानकारी दिए ।आफूलाई मतदाताले अवसर दिए योजना बनाएर यस क्षेत्रको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !