पत्रकार चाँदनीको निधन

  जनधाराडेली
  १६ कार्तिक २०७९

                            

जनकपुरधाम-रेडियो भोटेवडारको समाचार शाखामा कार्यरत डेङ्गु संक्रमित पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । २३ वर्षीय अधिकारीको डेङ्गु संक्रमणका कारण आज बिहान निधन भएको हो ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीले डेङ्गुबाट पत्रकार अधिकारीको आज बिहान चितवन अस्पतालमा ज्यान गएको बताए । उनका अनुसार मृतक अधिकारीलाई हिजो बेसीशहरस्थित मोडल हस्पिटलबाट थप उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएको थियो ।

 

सो अस्पतालले पत्रकार अधिकारीलाई बिहान साढे ६ बजे मृत घोषित गरेको हो । महासंघ लमजुङ शाखाले विज्ञप्ति नै जारी गरी रेडियो भोटेवडारलगायत जिल्लाको पत्रकारिता क्षेत्रले एउटा आशा लाग्दो, जुझारु महिला पत्रकार गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट