काङ्ग्रेसका प्रभावशली नेता रामप्रकाश गरे एमालेमा प्रवेश

  जनधाराडेली
  १२ कार्तिक २०७९

                            

  जनकपुरधाम। नेपाली काङ्ग्रेसका प्रभावशली नेता रामप्रकाश यादवले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चुनावको केही दिन मात्रै बाँकी रहेको समयमा मिथिला विहारी नगरपालिकाको नेपाली कांग्रेका नगर उपसभापति समेत रहेका यादव सयौँ नेता कार्यकर्ता सहित एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले सचिव एवं तथा धनुषा निर्वाचन क्षेत्र न.४को प्रतिनिधिसभाका उम्मेदवार रघुविर महासेठले पार्टीमा स्वागत गरेका हुन् ।

उनीसंगै एमालेको धनुषा ४‘क’को प्रदेशसभाका उम्मेदवार सन्तोष यादव समेत उपस्थित थिए । दूबै जनाले नेपाली कांग्रेस छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई अवीर, माला, गम्छा लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

सोही क्रममा एमाले सचिव महासेठले अब हुने निर्वाचनमा नेकपा एमाले एक्लै बहुमत ल्याएर देखाएर छोड्ने दावी गरे । यसका साथै अब एमालेको नेतृत्वमा सरकार बने मधेसको विकास द्रुतगतिमा अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट