टी–२० विश्वकपमा आयरल्यान्डले इंगल्यान्डलाई हरायो

  जनधाराडेली
  ०९ कार्तिक २०७९

                            

 

 जनकपुरधाम ९ कात्तिक । जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

 

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

 

बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को उलेटफेर गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट