जनकपुरधाममा करेन्ट लागेर दुईको मृत्यु

  जनधाराडेली
  ०७ कार्तिक २०७९

                            

जनकपुरधाम, ७ कार्तिक । धनुषाको जनकपुरधाममा दीपावलीकै दिन करेन्ट लागेर करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । दीपावलीका लागि घरमा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन् ।

आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो करिव साढे १२ बजे झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताए ।

मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट