प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने नाममा करोडौ बजेट खर्च गरे : डा. प्रसन्न

  जनधाराडेली
  ०५ कार्तिक २०७९

                            

जनकपुरधाम । जनमत पार्टीबाट प्रदेससभा सदस्यका उम्मेदवार डा. प्रसन्न कुमार झाले मधेस प्रदेशको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

धनुषाको ३(क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्नले मुलुक संघियतामा गई सकेपनि जनताको आधारभूत आवश्यक्ताको रुपमा रहेको स्वास्थ्य अवस्था खस्कदै गईरहेकोमा चिन्ता व्यक्त गरे । घरदैलोको क्रममा मतदाताहरु माझ मत मागिरहेकै समयमा जटिल प्रकृतिका रोगी, लामो समयदेखि रोगी रहेका व्यक्तिहरुलाई देखेर उनले प्रदेश सरकारप्रति आक्रोश व्यक्त गरे ।

विगत ५ वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने नाममा करोडौ बजेट खर्च गरेपनि स्वास्थ्य सूचकांकमा मधेश प्रदेश अन्य प्रदेशभन्दा तल नै रहेको उनले बताए । डा. प्रसन्नले भने ‘प्रदेश सरकारले करोडौको उपकरणहरु खरिद गरेको छ तर त्यो उपयोगमा छैनन् ।’ अगाडी भने ‘त्यहाँबाट कमिशन आउने लोभले मात्रै ती उपकरणहरु खरिद गरेर थन्काइएको छ ।’

यसले प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्रमाणित गरिरहेको उनले आरोप लगाए । डा. प्रसन्नले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० र धनौजी गाउँपालिकाको विभिन्न गाउँमा घरदैलो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट