भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने : डा. प्रसन्न झा

  जनधाराडेली
  ३१ असोज २०७९

                            

जनकपुरधाम, असोज ३१ । मधेस प्रदेशको धनुषा ३(क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाले सोमबार धनौजीको भररिया र बहुअर्वामा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलोका लागि भररिया र बहुअर्वा पुगेका उम्मेदवार झाले आफ्नो र जनमत पार्टीको पक्षमा मत मागेका थिए । यस अघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको जनताले बुझि सकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन उने आग्रह गरेका थिए ।

भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै उम्मेदवार झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरे । मधेस प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था त जर्जर छ नै त्यसमाथी भौतिक संरचना निर्माणमै करोडौ खर्च गरिएपनि विकासको अनुभूति हुन नसकेकोमा दुःख व्यक्त गरे ।

विकासको नाममा करोडौँ खर्च हुन्छ तर काम कागजमै सीमित हुन्छ यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको मतदाता माझ डा. झाले बताए । यसका साथै आफू युवा रहेकाले म भित्र केही गर्ने ईच्छ र आँट मलाई मत दिनुस केही गरेर देखाउँछु उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट