हिजाब विरोधि आन्दोलनमा १२२ को मृत्यु , रोकिएन इरानमा आक्रोश

  जनधाराडेली
  ३१ असोज २०७९

                            

एजेन्सी, ३१ असोज । महसा अमिनीको मृत्युपछि इरानमा एक महिनाभन्दा बढी समयदेखि देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । इरान सरकारले पनि यी प्रदर्शनहरूलाई नियन्त्रण गर्न हिंसात्मक दृष्टिकोण अपनाएको छ । इरान सरकारले प्रदर्शनमा गरेको कारवाहीमा कम्तीमा १२२ जनाको ज्यान गएको छ । ओस्लोस्थित समूह इरान मानव अधिकार (आईएचआर) ले सोमबार यो जानकारी दिएको हो ।

आइएचआरले एक विज्ञप्तिमा भन्यो कि इरानी सुरक्षा बलहरूले सिस्तान–बलुचिस्तानको दक्षिणपूर्वी प्रान्तको जाहेदान शहरमा छुट्टाछुट्टै भिडन्तहरूमा कम्तिमा ९३ अन्यको मृत्यु भएको छ। आइएचआर ले पहिले १०८ हताहत भएको रिपोर्ट गरेको थियो तर कम्तिमा १२२ जनाको मृत्यु भएको बताउदैंं उसले संख्या अपडेट गर्यो । यसले देशभरी मारिएकामध्ये २७ बालबालिका रहेको बताएको छ ।

समूहका निर्देशक महमूद अमिरी–मोगद्दमले इरानी सरकारको कदमको निन्दा गरेका छन् । उनले यसलाई ‘रकारले नियोजित लापरवाह हिंसा जसले बालबालिका र कैदीहरूलाई पनि निशाना बनाएको छ’ भने । इस्लामिक गणतन्त्रका अधिकारीहरूले पेश गरेका झुटा प्रमाणहरू प्रस्तुत गरेर मानिसहरूलाई लक्षित गरिएको उनले बताए ।

 

उल्लेखनीय कुरा के छ भने सेप्टेम्बर १६ मा इरानभर विरोध प्रदर्शन सुरु भयो । यी प्रदर्शनहरू पछाडिको सबैभन्दा ठूलो कारण अमिनीको मृत्यु हो । इरानमा २२ वर्षीया मेहसा अमिनीलाई हिजाब नलगाएको भन्दै सेप्टेम्बर १३ मा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले हिरासतमा कुटपिट गरेपछि उनी कोमामा गएको आरोप छ । यस घटनाको तीन दिनपछि अर्थात सेप्टेम्बर १६ मा मेहसाको मृत्यु भयो ।

३० सेप्टेम्बरमा जाहेदान सहरमा विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । उक्त क्षेत्रमा एक किशोरीलाई प्रहरी कमाण्डरले बलात्कृत गरेको खबर आएको छ । यो घटनापछि जनतामा आक्रोश देखिए र हिंसा भड्कियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट