माओवादीका बागी र तिनका प्रस्तावक समर्थकलाई पार्टीबाट निकालिए

  जनधाराडेली
  ३१ असोज २०७९

                            

काठमाडौं, ३१ असोज ।आसन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी हाल्ने नेता-कार्यकर्तालाई  नेकपा माओवादी केन्द्रले निश्कासनको कारवाही गरेको छ ।

पार्टी तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिई पार्टीको निर्देशनबमोजिम मनोनयन फिर्ता नलिएका उम्मेदवार,तिनका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टीबाट निकालेको हो । कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा बागी हाल्ने उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थक सबैलाई पार्टीमा साधारण सदस्यसमेत नरहे गरी कारवाही गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट