शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

जनधाराडेली
३० असोज २०७९
काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरे ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए । शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उहाँको उपचारमा संलग्न डा. सुरज बज्राचार्यले जानकारी दिए ।
अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएपनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !