चिकित्सकिय पेशाले राजनीतिमा लाग्न प्रेरित गर्यो ः डा. प्रसन्न झा

  जनधाराडेली
  २९ असोज २०७९

                            

जनकपुरधाम, असोज २९ । मधेस प्रदेशको धनुषा ३(क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले घरदैलो कार्यक्रम शुरु गरेका छन् ।

धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाले धनौजी वडा नम्बर २बाट घरदैलो कार्यक्रम शुरु गरेका हुन् । घरदैलो कार्यक्रम शुरु गर्नुुपूर्व उनले इठरवा मन्दिरमा पूजा अर्चना गरेका थिए ।

धनौजी वडा नम्बर २मा पार्टीको निर्वाचन प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै मत माग्न उनी जनता माझ पुगेका थिए । आफ्नो पक्षमा मत माग्दै उम्मेदवार झाले आफ्नो मनमा चिकित्सक पेशाबाटै सेवा भाव जागृत भएको बताए ।

उनले भने ‘चिकित्सकिय पेशमा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’ आफ्नो प्रदेशमा स्वास्थ्य सेवाको खस्कदो अवस्थालाई देखेर नै आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउने उद्देश्यले राजनीतिमा लाग्ने निर्णय गरेको स्पष्ट गरे ।

मधेस प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर छ नै त्यसमाथी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा राजनीतिको अखाडा बनेकोमा आक्रोश व्यक्त गरे ।

उनले आफू निर्वाचित भए स्वास्थ्य संस्थामा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि समेत प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट