काँग्रेसका बागी हरिशंकर साहले भने, ‘आफ्नो जित सुनिश्चित छ’

  जनधाराडेली
  २८ असोज २०७९

                            

 जनकपुर, असोज २८ नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनका कारण आफुलाई आसन्न निर्वाचनमा धनुषाको क्षेत्र नम्बर ३ को ‘ख’ बाट उम्मेदवारी दिएका हरिशंकर साहले उम्मेदवारी कायमै रहने जनाएको छ ।

आफ्नो एकलरुपमा क्षेत्रीय कमिटीबाट सिफारिस भएपनि अन्तिमसमयमा आएर अन्य दललाई सिट दिएर आफुसँग बेइमानी गरेको भन्दै हरिशंकर साहले काँग्रेसले धोखा दिएको आरोप समेत लगाए ।

उनले आफ्नो उम्मेदवारी स्वतन्त्ररुपमा दिएको समेत स्पष्ट पारे । उनले काँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुको दवावमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाले आफु कुनैपनि हालतमा पछि हट्ने र आफ्नो जित सुनिश्चित रहेको दावी समेत गरे ।

उनले भने, ‘म देशको लागि जेलनेल समेत भोगेको छु, सत्ताका लागि कहिलेपनि मरिहत्ते गरिन, यहाँको पार्टीले मेरो नाम सिफारिस गरेको र केन्द्रिय शिर्षनेतृत्वले समेत टिकट फिक्स भएको भन्दै भनेका थिए ।

अन्तिम समयतमा आएर तपाईको नाम हटाएको भनि जानकारी पनि गरायो, तर अन्तिममा साथीभाई, कार्यकर्ता र शुभचिन्तकहरुको दवाव आएर मैले आफ्नो उम्मेदवारी स्वतन्त्ररुपमा दिएको हुँ ।’ उनले अघि थप्दैँ भने, ‘म अब ब्याक हुँदिन, मेरो जित सुनिश्चित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट