एमालेलाई जिताउन जसपा र राप्रपाको संयुक्त आह्वान

  जनधाराडेली
  २७ असोज २०७९

                            

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई जिताउन तीन दलीय गठबन्धनले औपचारिक आग्रह गरेका छन् । एमाले,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्रिय कमिटी रुपन्देही २ का संयोजकहरुले आज विज्ञप्तिमार्फत पौडेलको निम्ति भोट मागेका हुन् ।

गठबन्धनका उम्मेदवारहरुलाई अत्याधित मतले विजयी गराउन अपील गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेल,प्रदेशतर्फका उम्मेदवारद्वय लीला गिरी र भोजप्रसाद श्रेष्ठलाई जिताउन आ-आफ्नो पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । उनीहरुले आम मतदाताहरुलाई सूर्य चिन्हमा भोट हाल्न अनुरोध गरेका छन् ।

 

पूर्वपञ्चहरुको पार्टी राप्रपा र क्षेत्रीयतावादी शक्ति जसपासँग आफ्नो अनुकूलतामा छुट्टाछुट्टै तालमेल गरेको एमालेले रुपन्देही-२ मा भने दुबै पार्टीसँग सहकार्य गरेको छ ।

जन आस्था 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट