धनुषामा छ जनाको उम्मेदवारी फिर्ता

  जनधाराडेली
  २७ असोज २०७९

                            

जनकपुरधाम, २७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं ४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङगालले जानकारी दिनुभयो । यस्तै प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (ख) मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिनुभयो ।

धनुषा क्षेत्र ४ (ख) मा स्वतन्त्र उम्मेदवार रामदुलार महतोले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यही असोज २३ गते प्रतिनिधिसभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीनजना र प्रदेशसभातर्फ ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दत्र्ता गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट