सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत फेला

  जनधाराडेली
  २७ असोज २०७९

                            

काठमाडौं। ललितपुरको इमाडोलमा एक जना डाक्टर मृत फेला पर्नुभएको छ । सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिनुभयो । महोत्तरी जलेश्वर नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलस्थित एउटा घरमा उहाँ डेरामा बस्दै आउनुभएको थियो ।

मंगलबार दिउँसो २ बजेसम्म पनि उहाँको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । डिएसपी पाठकका अनुसार कोठा भित्रबाटै चुकुल लगाइएको थियो । खबर आएपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट प्रहरी परिचालन भएको थियो ।

‘प्रहरी, जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो । डाक्टर भुइँमा मृत फेला पर्नुभएको थियो,’ डिएसपी लामाले भन्नुभयो । उहाँका अनुसार खाटमा औषधि भरिएको सिरिन्ज पनि फेला परेको थियो । यस्तै मृतकको दायाँ हातको हत्केलामा खाली सिरिन्ज थियो। उनको मोबाइलमा सिरिन्ज हान्दै गरेको भिडिओ पनि खिचेको फेला परेको छ ।

डेरामा कुनै सुसाइड नोट भने फेला नपरेको प्रहरीले जनाएको छ । उहाँको शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको थियो । पोष्टमर्टमपछि शव मृतकको परिवारको जिम्मा लगाइसकेको परिसरले जनाएको छ । घटनाबारे पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि थप थाहा हुने लामाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट