जनकपुरबाट अनलाइन ठगीको कारोवारमा संलग्न २४ जना पक्राउ

  जनधाराडेली
  २० चैत्र २०७९

                            

जनकपुरधाम, २० चैत । जनकपुरधाममा अबैध रुपमा बिद्युतिय कारोबार मार्फत ठगी गर्दै आएको आरोपमा २४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैधरुपमा विद्युतिय कारोबार मार्फत एक देशमा बसेर अर्को देशका वासीलाई विभिन्न एप बनाएर नग्न तस्विरहरु आदान प्रदान गरि ठग्दै आइरहेका एक संजाललाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो ।

यहाँबाट भारतलगायतका नागरिकलाई आफ्नो जालमा पार्नका लागि विभिन्न एप मार्फत पुरुष तथा महिलालाई हनि ट्रैप जस्ता विभिन्न प्रलोभन दिई नग्न तस्विरहरु बनाएर ब्लैकमेल गर्ने, ऋण लिनका लागि प्रोत्साहन गर्ने र हजारदेखि लाखौँ रुपैयाँसम्म असुल्नका लागि विद्युतिय कारोबार मार्फत धन्धा संचालन गर्दै आएको एक संजाललाई विभिन्न विद्युतिय उपकरणहरु समेत धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा प्रहरीले करिब ३५ वटा डेस्कटप कम्प्यूटर, २० वटा भन्दा बढी एन्ड्रोयड मोईबललगायतका विद्युतिय उपकरणसमेत बरामद गरेको छ । दिलाजी आइटी कम्पनी काठमाडौँ– ८ को नाममा जनकपुरधाममा विगत ३ महिनदेखि अवैधरुपमा सञ्चालनमा रहेको छ । काठमाडौँमा अवैधरुपमा संचालनमा रहेका विद्युतिय कारोबारहरुको गिरोह पक्राउ पर्न थालेपछि उनीहरु जनकपुरधाममा आएर विदेशीलाई टार्गेट गर्ने गरि अवैध धन्धालाई अगाडी बढाउँदै आएको थियो ।

जनकपुरधाममा मुख्यरुपमा पर्साका पकहा मोहनपुर वडा नम्बर ५ बस्ने सत्यानन्द रामले अवैधानिकरुपमा गिरोहलाई सम्हाल्दै आएका थिए भने धनुषाको सबैलाका जनकपुरधाममा बस्दै आएकी सञ्जु साहले यस गिरोहलाई अवैधरुपमा सम्हाल्दै आएको खुलेको छ ।

यस गिरोहमा काम गर्नेहरु प्रायः २० देखि २८ वर्ष उमेर समुहका यूवा तथा यूवती रहेका छन् । आधा दर्जन भन्दा बढी यूवतीहरुले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्विर आदानप्रदान मार्फत नग्न फोटो भिडियो बनाएर ब्लैकमेल गर्दै रकम उठाउने कार्य जनकपुरधामबाट संचालन हुँदै आएको थियो ।

तर जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले अवैधरुपमा ठगी धन्धा चलाउँदै आएकाले विद्युतीय उपकरणसहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएका छन् । उनले पक्राउ परिएकाहरुसँग सोधपुछ तथा गिरोह बारे थप अनुसन्धान भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट