नेकपा एमाले धनुषाले थाले ग्रासरुट अभियान

  जनधाराडेली
  ०९ फाल्गुण २०७९

                            

 

अबधेश कामत 

जनकपुरधाम, ९ फागुन ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठले मधेशमा एमाले एक नम्बर पार्टी रहेकाले जनताका हरेक समस्या समाधानका लागि अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमाले धनुषाले थालेको ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका श्रेष्ठले मधेशमा एमाले एक नम्बर पार्टी रहेको बताएका हुन् ।


संगठन सदृढिकरण तथा विस्तार अभियानलाई अघि बढाउन कार्यकर्तालाई निर्देशन दिदैँ उनले जनताको सुखदुःखको साथी एमाले नै रहेकाले जनताको मनोभाव बुझेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याए ।


उनले अहिले एमालेले मुलुक र प्रदेशको समेत कार्यभार सम्हाल्ने मौका पाएपनि जनताको मतलाई कदर गर्दै अन्य दललाई संघ र प्रदेश सरकारको नेतृत्वको साँचो दिएको बताए ।

सत्ता र स्वार्थमा रुमिल्लनु भन्दा जनताको काँधमा काँध हालेर अघि बढे आउने दिनमा एमालेकै नेतृत्व हुने दावी गरे ।


यस कार्यक्रममा मधेस प्रदेश भौतिक पुर्वाधार तथा बिकास मन्त्री सरोज यादव, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी ,  जिल्ला विकास समिति धनुषाका पूर्व सभापति रामचरित्र साह र धनुषा  जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतका समेत उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट